आएरल्याण्डका नेपालीहरुले कृसमस मनाए
सधै नेपाली चाड पर्वहरू मात्र सामुहिक रुपमा मनाइरहेका आएरल्याण्डका नेपालीहरुलाई एस पटक कृसमस सामुहिक रूपमा मनाउने अवसर दिएका छन गणेश प्रसाईले । उनकै रेस्टुरेन्ट दिवाली मा आयोजना गरिएको सो भेलामा नेपाल आएरल्याण्ड समाजका अध्यक्ष जीवन तिमील्सिन, उपाध्यक्ष दिपेश मान शाक्य, एन आर एन आएरल्याण्डका उपाध्यक्ष राजन काफ्ले लगायत १०० जना नेपालीहरूको उपस्थिती रहेको थियो । आएरल्याण्डमा पहिलो पटक आउने नेपाली कृष्ण कुमार डङ्गोल लाई गणेश प्रसाईले सो भेलामा अभिनन्दन गर्नु भएको थियो । अभिनन्दित भए पछी डङ्गोलले भन्नु भयो ” आज म धेरै खुशी छु ।सबै नेपालीहरूलाई कृस्मस र नया वर्षको शुभकामना” । भेलाका आयोजक गणेश भने यसरी नेपालीहरु सँग सामुहिक रूपमा कृस्मस मनाउन पाएको मा मख्ख देखिन्थे ।
