थुप्रै छन न्यु योर्कमा पहेलो ट्याक्सी चलाउने नेपालीहरु

ग़ुड मर्निन्ग सर !
व्हेरे यु वान गो ?
भनेर अन्ग्रेजीमा कुराकानी गरेको चालक कुरा गर्दै जादा नेपाली भएको थाहा पाउदा भरखर न्यु योर्क पुगेका एक यात्रु एक छिन दन्ग परे . त्यो चालकका अनुसार न्यु योर्कमा उनी जस्तै 5०० भन्दा बढि ट्याक्सी चालक छन् रे. अझ “लाइसेन्स मात्र लिने, काम नगर्ने ” थुप्रै छन रे .

न्यु योर्कमा बस्ने प्राय नेपालीहरूको साथ अनिवार्य रूपमा दुई वटा चिज हुन्छन्, सवारि चालक अनुमति पत्र र ट्याक़्सी चालक अनुमती पत्र. ट्याक़्सी चालक अनुमती पत्र सवारि चालक अनुमति पत्र भन्दा गार्हो हुदो रहेछ निकाल्न . ज्याक्शन हाइट्सक एक नेपाली रेस्टुरेण्ट्मा आफ्ना साथीहरूको साथ ट्याक्सी अनुमती पत्र पाएको खुशीयाली मा मस्त थिए नवराज अर्याल . “अब उ त्यो क्याब हाक्ने हो ” रेस्टुरेण्ट्को अगाडि पार्क गरेको ” पहेलो क्याब्” देखाउदै भन्दै थिए अर्याल्. “आफ्नो मालिक आफै” र “राम्रो आम्दानी ” हुने भएकोलेनै यस पेशा तिर धेरैको मन गएको हो . न्यु योर्कमा चल्ने सबै ट्याक्सी पहेलो रन्गले पोतिएको हुन्छ्.

ग्यास स्टेशन र रेस्टुरेण्ट्का मालिकहरूको प्रथम रोजाई हो नेपली कामदारहरू . अमेरिकीहरुले यस्ता ठाउमा काम नगर्ने र अन्य देशका मानिसहरूको भर नहुने भएकाले नै नेपालीहरु सबैको प्रिय बनेका छन् . बिस्तारै ई दुइ पेशा बाहेक नेपालीहरू न्यु योर्क को पहेलो ट्याक्सी हाक्न ब्यस्त छन . सबै भन्दा पहिले चाहिन्छ यहाको लाइसेन्स.अनि त्यस पछि कुर्न पर्छ छ महिना ट्याकसीको लाइसेन्स लिन.”त्यती सजिलो निस्कने रहेनछ” , तेस्रो पटक मा पास गरेका शिब तिमिल्सिना भन्दै थिए. पास भए पछि ग्यारेजमा जान पर्दो रहेछ.भर्खरै निकालेको लाइसेन्सले त गाडी दिन गार्हो मान्छन् ग्यारेज धनीहरू. दिई हाले पनि थोत्रो क्याब दिन्छ्न्, ज्यक्शन हाईट्स मा बस्ने बिष्णु चुडाल आफ्नो पिडा साट्दै थिए .

.आर्थिक हिसाबले हेर्ने हो भने ट्याक्सिको कमाई राम्रै हुदो रहेछ . दैनिक २०० डलर को हाराहारि बचाउन सकिन्छ. अझ राति काम गर्ने हो भने राम्रै कमाई हुदो रहेछ. अझ बिशेष गरी “बिधार्थी”हरुको लागि अति उत्तम रहेछ . तर अन्तरास्ट्रिय बिधार्थीको हकमा भने यो लागु हुदैन. अमेरिकी सरकारको अन्तरास्ट्रिय बिधार्थीले काम गर्ने नपाउने नियम छ. यधपी रोजगार बिना कुनि पनि देशका अन्तरास्ट्रिय बिधार्थीहर अमेरिकामा बसेका छैनन्.

डि भि परेर न्युयोर्क आएका प्राय नेपालीहरु एस पेशामा आकरशित छन्. कहि पनि काम मिलेन भने वा कुनै समय अलिक धेरै पैसा कमाउ जस्तो लाग्यो भने दौडे हुने रहेछ ग्यारेज तिर. तर इज्ज्त्को हिसाबमा भने यो पे्शा घ्रीणित रहेच्ह/”पैसाले गर्दा मात्र हो , हामिले भन्दा बदि इज्ज्त बाटोमा मागेर खानेको होला ” शिव त्रिपाठी भन्दै थिए.धेरै सडॅक र एभिनु भएको म्यानह्यटेनमा “जि.पि.एस्” काम छैन, मलाइ सबै ठाम याद छ” भन्दै हुइकिए शिव “ब्रूकलिन ब्रिज्” तिर .

सुमन घिमिरे
न्यु योर्क बाट फर्केर

~ by sumanghimire on January 30, 2010.

One Response to “थुप्रै छन न्यु योर्कमा पहेलो ट्याक्सी चलाउने नेपालीहरु”

  1. ramo chha ..liked it ..keep it up ..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.